चितवन, साउन ३२-
रोट्रयाक्ट क्लब अफ नारायणगढको १३औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ। सन् २०२४–२५ का अध्यक्ष कुशल लामिछानेको अध्यक्षतामा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रीक्ट रोटेरियन रिसोर्स (डि.आर.आर.) विक्रम क्षेत्री प्रमुख अतिथि रहेका थिए।
कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डि.आर.आर. इलेक्ट दिनेश गैरे, रोटरी क्लब अफ नारायणगढका अध्यक्ष तरणनाथ पाठक, रोट्रयाक्ट क्लब अफ नारायणगढका संस्थापक अध्यक्ष मनोज पिया, रोट्रयाक्ट जोन १४ का जोन रोट्रयाक्ट रिसोर्स (जेडआरआर) सुरज भण्डारी लगायतका विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
क्लबका अध्यक्ष कुशल लामिछानेले वर्ष २०२४–२५ का लागि कार्यसमिति सदस्यहरूलाई शपथ ग्रहण गराएका थिए। यस्तै वर्ष २०२३–२४ मा विभिन्न विधामा उत्कृष्ट काम गर्ने सदस्यहरूलाई वर्ष २०२३–२४ का अध्यक्ष नबिन पोद्दारले सम्मान गरे ।
कार्यक्रमका प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले क्लबको समाज र युवालक्षित अतुलनीय कार्यहरूको प्रशंसा गर्दै आगामी वर्षहरूमा पनि निरन्तरता दिनको शुभकामना व्यक्त गरे।
कार्यक्रममा क्लबका उपाध्यक्ष अमृत ढकालले शुभकामना मन्तव्य गरे भने अध्यक्ष इलेक्ट बिपिन पराजुलीले धन्यवाद व्यक्त गरे । क्लबका बोर्ड सदस्य काशिस भण्डारी, सचिव इच्छा ढकाल र सह–सचिव साधना अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा विभिन्न क्लबका प्रतिनिधिहरू, रोटराक्टर्स, रोटेरियन र इन्टरैक्टर्सका साथै अभिभावकहरूको सक्रिय सहभागिता रहेको थियो।














