चितवन, साउन ३२ –
चितवनमा भोलि ‘परिवर्तित समयमा उच्चशिक्षाः पाठ्यक्रम, शैक्षणिक विधि, मूल्यांकन पद्धती र नेतृत्व’ विषयक एक दिवसीय संगोष्ठी कार्यक्रम हुने भएको छ ।
विश्वविद्यालय अनुदान आयोग विस्तारित कार्यसम्पादनमा आधारित अनुदान अन्तर्गत सप्तगण्डकी बहुमुखी क्याम्पस अनुसन्धान विभागको आयोजनामा कार्यक्रम हुन लागेको हो ।
कार्यक्रम भोलि भदौ १ गते बिहान ८ बजेदेखि मलेवा ब्यान्क्युट, भरतपुर ११ (प्रहरी तालिम केन्द्र अगाडि) हुने सप्तगण्डकीका क्याम्पस प्रमुख खिमलाल दाहालले जानकारी दिए ।
कार्यक्रममा चितवन र यस आसपासका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा क्याम्पसका क्याम्पस प्रमुखहरुको सहभागिता रहने छ ।
कार्यक्रममा कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनका रजिष्ट्रार प्रा.डा. शारदा थपलियाको प्रमुख उपस्थिति रहने छ भने श्रोत व्यक्तिका रुपमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन हात्तिवान ललितपुरका डीन प्रा.डा. बालचन्द्र लुइँटेलको उपस्थिति रहने क्याम्पस प्रमुख दाहालले जानकारी दिए ।