चितवन, ३१ साउन
चितवनको भरतपुरमा हात धुन जाने क्रममा चिप्लिएर लडेर एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका १० स्वस्तिक चोक बस्ने ८५ बर्षिय मुक्तिनाथ सापकोटा रहेका छन् ।
सापकोटाको आफ्नै घरको धारामा हात धुन जाने क्रममा चिप्लिएर लडेर मृत्यु भएको हो ।
लडेर गम्भीर घाइते भएका सापकोटाको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।














