चितवन, साउन २९–
सुधार केन्द्रबाट भागेर आज दिउँसो नारायणी पुलबाट हामफालेका युवकको सकुशल उद्दार गरिएको छ । दिउँसो ४ः१५ बजेको समयमा भरतपुर–३ पुलचोकस्थित नारायणी पुलबाट उनले हामफालेको प्रहरीले जनाएको छ ।
तनहुँ भानु नगरपालिका–६ घर भएका २१ वर्षीय काशीराम गैरेलाई भरतपुर–४ रामघाटस्थित नारायणी नदीबाट स्थानीयबासीले सकुशल उद्दार गरेको हो ।
गैरे भरतपुर–५ स्थित रहेको आसरा सुधार केन्द्रमा बस्दै आएका छन् ।
उनको अहिले भरतपुर अस्पतालमा उपचार भइरहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।
गैरेलाई २ महिना अगाडि तनहुँबाट सुधार केन्द्रमा ल्याईएको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














