चितवन, २९ साउन
चितवनमा भ्यानको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । सोमबार भरतपुर महानगरपालिका-९ शिवालय मन्दिर नजिक ना ५ च १०५३ नम्बरको मिनी भ्यानले ना ५६ प ४११५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कूटर पछाडि सवार महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका ८ गौरिगन्ज बस्ने ६१ बर्षिय बिष्णुकला गौतम रहेकी छन्। भ्यानको ठक्करबाट गम्भीर घाइते भएकी गौतमको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
स्कुटर चालक भरतपुर महानगर ८ गौरिगन्ज बस्ने २७ बर्षिय भगवती कँडेल सकुशल रहेको प्रहरीले जनाएको छ । ठक्कर दिने भ्यान र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














