चितवन, २८ साउन
चितवनमा चितुवाको आक्रमणबाट एकजना घाइते भएका छन्।
घाइते हुनेमा कालिका नगरपालिका ६ लबडाँडा जंगलमा घाँस काट्न गएका स्थानीय ५४ बर्षीय चन्द्र प्रसाद पौडेल रहेका छन्।
चितुवाको आक्रमणबाट घाइते पौडेलको भरतपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।














