चितवन, २८ साउन
चितवनको माडीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
माडी नगरपालिका ७ गौरिनगरका नवराज राईको आफ्नै घरमा बत्ती जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
करेन्ट लागेर घाइते भएका राईको बघौडा अस्पताल माडीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।














