चितवन, साउन २८–
पूर्वपश्चिम राजमार्ग अन्तरगत चितवनको राप्ती नगरपालिका–५, स्थित पम्फा पुलमा बस र ट्रक ठोक्किदा १० जना यात्रु घाइते भएका छन् । आज विहान करिव २ः३५ बजेको समयमा काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ४७९९ नम्बरको बस र सोही दिशाबाट जाँदै गरेको ना ६ ख ५९२७ नम्बरको ट्रक ठोक्किदा बसमा सवार १० जना घाइते भएका हुन् ।
घाइते मध्ये ७ जनाको अवस्था मध्यम रहेको छ भने ३ जनाको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । घाइते मध्ये ४ जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुर र ६ जनाको एलाईभ हस्पिटल एण्ड ट्रमा सेन्टर भरतपुरमा उपचार भइरहेको छ ।
प्रहरीले दुवै सवारी साधन, बस चालक जिल्ला सप्तरी तिरुत गाउँपालिका–२ बस्ने बर्ष ४० का सन्तोष कुमार यादव र ट्रक चालक रामेछाप साङटार गाउँपालिका–२ बस्ने बर्ष ३५ का निर कुमार प्रधानलाई नियन्त्रणमा लिएको छ ।
घाईतेहरुको विवरणः
पुरानो मेडिकल कलेजमा उपचारः
१. जि.सप्तरी खड्क न.पा.२ बस्ने बर्ष २३ को हलेश्वर मण्डल (मध्यम)
२. जि.मोरङ सुनसरी न.पा.४ बस्ने बर्ष ४० को मनरथ सार्की (मध्यम)
३. ऐ.ऐ. लेटाङ न.पा.५ बस्ने बर्ष २४ को धिरज न्यौपाने (मध्यम)
४. जि.सुनसरी कन्चनरुप न.पा.१ बस्ने बर्ष ३८ को सनतन चौरासीया (मध्यम)
–एलाइभ हस्पिटलमा उपचारः
५. जि.सप्तरी शम्भुनाथ गा.पा.१२ बस्ने बर्ष २८ को दयाराम मण्डल दुवै खुट्टा भाचिएको (मध्यम)
६. जि.सुनसरी गढि गा.पा.५ बस्ने बर्ष २० को राजदेव साह दाया खुट्टा भाचिएको (मध्यम)
७. जि.ईलाम देउमाई न.पा.४ बस्ने बर्ष ४० सोम राई (सामान्य)
८. जि.मोरङ रंगेली न.पा.२ बस्ने बर्ष २५ को मोहमद अजिम (मध्यम)
९. जि.सप्तरी सुरुंगा न.पा.९ बस्ने बर्ष २३ को अरविन्द कुमार यादव (सामान्य)
१०. देश भारत दार्जलिङ बस्ने बर्ष २४ को आषिक भुजेल (दुवै खुट्टा भाचिएको मध्यम)














