चितवन, २६ साउन
बालकुमारी कलेजको अनेरास्ववियु क्याम्पस कमिटीद्वारा आयोजित अन्तर कलेज फुटसल प्रतियोगिता -२०८१ सम्पन्न भएको छ । खेल क्यासि स्पोर्टस एण्ड रिक्रियशनल सेन्टर ब्राहघरेमा सम्पन्न भएको हो।
फुटसलको उपाधि वीरेन्द्र बहुमुखी क्याम्पसले जितेको छ। खेलमा २२ टिम सहभागी भएका थिए ।
सेमिफाइनल खेलमा सप्तगण्डकी बहुमुखी क्याम्पसको ए टिमलाई पराजित गर्दै वीरेन्द्र बहुमुखी क्याम्पसको ए टिम फाइनलमा प्रवेश गरेको थियो ।
त्यसपछि बालकुमारी कलेजको टिम बि लाई पराजित गर्दै वीरेन्द्र बहुमुखी क्याम्पसको टिम बि फाइनलमा प्रवेश गरेको कार्यक्रमको संयोजक राम प्रसाद पाण्डेले जानकारी दिए ।
उपाधिको लागि वीरेन्द्र बहुमुखी क्याम्पसको ए टिम र बि टिम भिडेका थिए जस्मा ए टिमले ४-२ को स्कोरका साथ उपाधि हासील गर्न सफल भएको हो ।
कार्यक्रमको प्रायोजक संस्थाहरु गोल्डेन इमिनेन्ट, शुभ राशि ल्याङ्ग्वेज सेन्टर, नेपकम्स गोलब्इड रहेका थिए ।