चितवन, २४ साउन
सेन्ट्रल कलेजले भोलि (शुक्रबार) भव्य कार्यक्रम गरेर १६ औं बार्षिकोत्सब मनाउने भएको छ।
कलेजले बार्षिकोत्सवको अवसर पारेर भरतपुर ओरालोमा आफ्नो नवनिर्मित भवन सेन्ट्रल टावर र सेन्ट्रल मोडेल कलजेको उद्घाटन समेत गर्ने कलेजका प्रिन्सिपल यज्ञ बिलास (वाइबी) पौडेलले जानकारी दिनुभयो ।
बार्षिकोत्सको कार्यक्रममा चर्चित कलाकार पशुपति शर्मा, करन परियार र कमेडी च्याम्पियन सुनिल खड्काको बिशेष प्रस्तुती रहनेछ।
बृहत रक्तदान, सांस्कृतिक कार्यक्रम, खेलकुद सामाग्री वितरण र बार्षिक साधारण सभा शुक्रबार नै हुनेछ । कार्यक्रममा सेन्ट्रल कलेज सम्बन्धि म्युजिक भिडिओ प्रिमियर सो गरिनेछ भने बिभिन्न सामाजिक संघ संस्थालाई सम्मान गरिने प्रिन्सिपल पौडेलले बताउनुभयो । बार्षिकोत्सबका कार्यक्रम बिहानै ७ बजेदेखि नै सुरु हुनेछ।
सेन्ट्रल कलेजले उच्च शिक्षा अध्ययनका लागि जापान, अष्ट्रेलिया, युके, युएसए, क्यानडा, दक्षिण कोरिया लगायतका देशमा जान चाहाने विद्यार्थीलाई शैक्षिक परामर्श, भाषा कक्षा र भिसा प्रोसेसिङको काम गर्दै आइरहेको छ । सेन्ट्रल कलेजले खेलकुद क्षेत्रको विकाससंगै सामाजिक काम समेत गर्दै आइरहेको छ ।














