भरतपुर, २४ साउन
नेपाली काँग्रेस भरतपुर महानगरपालिका ११ वडा कार्यसमितिको आयोजनामा उद्घोषणकला प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति चितवन प्रशिक्षण विभागको समन्वयमा संचालन भएको उक्त प्रशिक्ष्ण कार्यक्रम मैयादेवी चोक स्थित वडा पाटी कार्यालयमा यहि साउन २१ देखि २३ गतेसम्म संचालन भएको थियो ।
नेपाली काङ्ग्रेस भरतपुर ११ का वडा सभापति अमर लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो । करिव ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी खनालले उद्घोषण महत्वपुर्ण विषय भएको वताउँदै यस्ता खालका तालिम जो कोहिले पनि लिनुपर्नेमा जोड दिनु भयो । कार्यक्रममा सहभागितको तर्फवाट गोपिकृष्ण मरासिनी र सुस्मिता खातीले आफ्नो अनुभव सहित तालिमको वारेमा धारणा राख्नु भएको थियो ।
नेपाली काँग्रेस चितवन प्रशिक्षण विभाग मार्फत यस्ता खालका दर्जनौ तालिम संचालन गर्ने गरेको जानकारी दिँदै प्रमुख अतिथी खनालले प्रशिक्षण कार्यक्रममा सिकेका कुराहरुलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सहभागिहरुलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस चितवनका उपसभापति शालिकग्राम शर्मा पौडेल, अनिता खनाल, बिदुर केसीलगायत प्रशिक्षक रहनु भएको थियो ।