– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन, साउन २३ –
भरतपुर महानगर युवा सञ्जालले अन्तर्राष्ट्रिय युवा दिवसका सन्दर्भमा सप्ताहव्यापी कार्यक्रम सुरु गरेको छ । भरतपुर महानगरपालिकाको सहकार्यमा युवा सञ्जालले अगस्ट १२ मा पर्ने अन्तर्राष्ट्रिय युवा दिवस विविध कार्यक्रम गरी सप्ताहव्यापी रुपमा मनाउन सुरु गरेको हो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत साउन २२ गते महानगरपालिकामा खुला रक्तदान कार्यक्रम र चितवन माविका विद्यार्थीहरुको रक्त समूह परीक्षण कार्यक्रम सम्पन्न भएको छ । हिजो नै सम्पन्न हुनुपर्ने लागुऔषध दुव्र्यसन विरुद्धको प्रभातफेरी कार्यक्रम वर्षातका कारण हिजो स्थगित भएको छ ।
संजालका अध्यक्ष अन्जन दवाडीका अनुसार साउन २३ गते वृक्षारोपण कार्यक्रम र साईबर सुरक्षा प्रशिक्षण कार्यक्रम हुँदैछ । त्यसैगरी २५ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुनेछ । जसमा पुरुष अन्तर वडा युवा क्लव र महिला अन्तर सामाजिक संघ संस्था हुने छ । त्यसैगरी २७ गते बुद्धिचाल प्रतियोगिता हुने छ । २८ गते महानगरसँग युवा कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रमको समापन गर्ने तयारीमा संजाल रहेको छ ।
भरतपुर महानगर युवा संजाल नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय युवा परिषद्बाट संचालित १६–२४ वर्ष समुहका युवाहरुको समुह हो । भरतपुर महानगर युवा संजाल भरतपुर महानगरपालिकाको संरक्षणमा रहेको छ ।