बिहार, २१ साउन
भारतको विहारमा करेन्ट लागेर नौ बोलबम यात्री (काडडियो)को मृत्यु भएको छ । दुईजना घाइते छन् ।
सुल्तानपुर गाउँमा हाइटेन्सन तार खस्दा बोलबम यात्रीलाई करेन्ट लागेको हो । घटना आइतबार राति १०ः४५ बजे भएको प्रहरीले जनाएको छ ।
गाडीमाथि हाइटेन्सन तार खस्दा करेन्ट लागेर उनीहरूको मृत्यु भएको जनाइएको छ । बीबीसी हिन्दीबाट ।