– हिरालाल आचार्य ‘डायमण्ड’
चितवन,साउन २०–
नारायणी नदी किनारमा आइतबार बिहान एक जनालाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा आएको छ ।
चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीको दिनभरको प्रयासपछि राति बाघ नियन्त्रणमा लिएका हुन् ।
अहिले प्राविधिक टोलिले डार्ट गरेर बेहोस बनाएर चितवन राष्ट्रिय निकुञ्मा बाघ लिएर गएका छन् ।