भारत, साउन १९-
भारतस्थित केरलाको वायनाडमा गएको पहिरोमा बेपत्ताहरूको खोजी आज (शनिबार) पाँचौँ दिन पनि जारी छ। भारतीय सञ्चारमाध्यमका अनुसार अहिलेसम्म पहिरोमा परी मृत्यु हुनेको संख्या ३ सय ८ पुगेको हो।
केरलाका एडीजीपी (कानुन र व्यवस्था)एमआर अजित कुमारले खोजी जारी रहेको जनाउँदै आज थप एउटा शव फेला परेको जानकारी दिएका छन्।
पहिरोमा परी घाइते भएका ८४ जना वायनाड, कोझिकोड र मलाप्पुरमका विभिन्न अस्पतालमा उपचाररत छन् भने १८७ जना डिस्चार्ज भइसकेका छन्।