चितवन, १६ साउन
कपुरबोट मिडियाको आयोजनामा खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । वक्तृत्वकला “आधुनिक भरतपुर निर्माणमा रेणु दाहालको भूमिका” शिर्षकमा हुन लागेको हो।
खुल्ला र डिजिटल प्रतिस्पर्धा भएकाले विश्वभर रहेका नेपालीहरुले भाग लिन पाउने कपुरबोट मिडिया प्रालिका अध्यक्ष सन्तोष देउजाले बताए। उनका अनुसार प्रतियोगितामा सहभागीले माइक प्रयोग गरि भिडियो बनाउनु पर्नेछ। भिडियो कम्तिमा ३ मिनेट र बढीमा ७ मिनेटको हुनुपर्नेछ। भिडियो भाद्र १५ गतेसम्ममा पठाउनु पर्नेछ।
उक्त वक्तृत्वकला प्रतियोगिताको विजेताले १ लाख, दोस्रोले ५० हजार, तेस्रोले २५ हजार र सान्तवना हुनेले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।
प्रतियोगिताको निर्णायकमा चिकित्सक डा.भोजराज अधिकारी, पर्यटनविज्ञ डा.विश्व सुवेदी, शिक्षाविद रमाकान्त सापकोटा र अग्रज पत्रकार प्रकाशमणि ज्ञवाली रहेका छन्।