चितवन, साउन १७ –
संविधान सभा सदस्य एवम् नेकपा एमालेका नेता कृष्णभक्त पोखरेल पार्टी केन्द्रीय सदस्यमा चयन भएका छन् ।
नेकपा (एमाले)को सचिवालय बैठकबाट पोखरेल केन्द्रीय सदस्यमा चयन भएका हुन् ।
अधिवक्ता समेत रहेका पोखरेल चितवन २ बाट एक पटक संविधान सभा सदस्य र अर्काे पटक प्रतिनिधि सभा सदस्यमा निर्वाचित पूर्व सांसद हुन् ।
उनी नेकपा एमाले चितवनका पूर्व अध्यक्ष समेत हुन् । पोखरेल चितवनका जनप्रिय नेताका रुपमा परिचित छन् । चितवनको पिछडिएको भूगोल इच्छाकामना गाउँपालिकाको विकासमा पोखरेलको अतुलनीय भूमिका रहेको पाइन्छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













