चितवन, १२ साउन
सप्तगण्डकी क्याम्पसको बिसिए ब्याच २०२२ को आयोजनामा सेन्ट्रल कलेज फुटसल प्रतियोगिता हुने भएको छ । साउन १९ गते एकदिने इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको हो । प्रतियोगिता भरतपुरस्थित प्रेसिडेन्सी कलेजमा हुनेछ।
उक्त प्रतियोगितामा सहभागी टिमले साउन १८ गतेसम्म दर्ता गर्नुपर्नेछ । सहभागी शुल्क ४००० हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
खेलको विजेताले ४० हजार, दोस्रोले २० हजारसहित ट्रफी, मेडल र सर्टिफिकेट पाउनेछन् । उत्कृष्ट प्लेयर र गोलरक्षकलाई १५०० रुपैयाँ पुरस्कार तोकिएको छ ।
फुटसल प्रतियोगिता सेन्ट्रल कलेजको मुख्य प्रयोजनमा हुन लागेको हो ।