चितवन, जेठ १३ –
भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटना भएको छ ।
ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै आज दिउँसो गाडी दुर्घटना भएको हो ।
ललितपुर प्रहरी दाहाल सवार ल्याण्ड क्रुजर गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो ।
दाहालको टाउकोमा चोट लागेको छ । उनको सुमेरु अस्पतालमा उपचार भइरहेको र टाउकोमा टाँका लगाइएको प्रहरीले जनाएको छ ।