चितवन, १२ साउन
भरतपुर महानगरपालिका १७ मदन भण्डारी पार्क स्थित नारायणी नदीमा एक पुरुषले हाम फलेका छन् ।
शनिबार दिउँसो करिब १२ बजे भरतपुर महानगरपालिका १८ मिलनचोक बस्ने बर्ष ५१ को प्रेम बहादुर थापा मगरले नदीमा हाम फालेका हुन् । मगरले नदीको छेउमा चप्पल र कपडा फुकालेर हाम फालेको प्रहरीले जनाएको छ ।
अहिले बिपद व्यवस्थापन सहितको प्रहरी टोली खटिइ उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।