चितवन, साउन १२-
हेटौंडाबाट ५ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिका ८ का रुपेश यादव, बारा जिल्ला परमाणिपुरका नरेन्द्र महतो, सर्लाही जिल्ला विष्णु गाउँपालिका ७ का राजिवकुमार राउत, रौतहट जिल्ला गरुडा नगरपालिका २ का लालबाबु सहनी र धनुषाका रमेश यादव रहेका छ्न् ।
उनीहरुले हेटौंडाको भुटनदेवी माविमा संचालन भइरहेको परीक्षामा नक्कली परीक्षार्थी बनेर अरुकै परीक्षा दिइरहेका थिए । पाँच जनालाई परीक्षास्थलबाटै पक्राउ गरी आवश्यक अनुसन्धानको लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार व्यवसायिक तथा सीप विकास तालिम केन्द्र (सीटीईभीटी) सानोठिमीद्वारा संचालित डिप्लोमा तथा प्रि डिप्लोमा तहको निःशुल्क (छात्रवृत्ति) तहको परीक्षा दिने पाँच जना नक्कली परीक्षार्थी पक्राउ परेका हुन् ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













