भरतपुर, ७ साउन
उद्योग वाणिज्य संघ–चितवनको सचिवलयमा आज एक कार्यक्रमका विच राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुन सँग राष्ट्रिय आविस्कर केन्द्र र कृषि उपकरण विषयमा छलफल भएको छ । कार्यक्रममा कृषि मेशिनरी उत्पादन लागत र बाह्य बजारीकरण विषयमा छलफल भएको हो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले राष्ट्रिय आविस्कार केन्द्रमा अनुसन्धान गरिरहनुभएकाहरुलाई त्यहाँबाट प्राप्त उपलब्धीहरुलाई व्यवसायमा ढाल्न आग्रह गर्नुभएको थियो । उहाँले राष्ट्रिय आविस्कार केन्द सञ्चालन गरेकोमा महावीर पुनलाई धन्यवाद ज्ञापन गर्दै सकरात्मका कार्यका लागि सहयोग गर्न उद्योग वाणिज्य संघ–चितवन सधै तयार रहेको बताउनुभयो । उहाँले कृषि क्षेत्रको सम्भावना भएको नेपालमा कृषिजन्य औजार तथा उत्पादनमा केन्द्रित उक्त केन्द्रको प्रवद्र्धन गर्नमा राज्य स्तरबाट सहयोग नपाउनु दुःखद भएको बताउदै निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताउनुभएको थियो । सोही कार्यक्रमको अवसरमा संघले महावीर पुनको जिवनीका १०० वटा पुस्तक खरिद गरी आविस्कार केन्द्रलाई सहयोग गरेको छ ।
कार्यक्रममा राष्ट्रिय आविस्कर केन्दका संस्थापक एवम् विश्व प्रसिद्ध रोमन म्यागासेसे पुरस्कार विजेता महावीर पुनले आविस्कार केन्द्रको बारेमा जानकारी गराउदै उहाँले राज्यको झनजटीलो नीति नियमका कारण धेरै श्रमशक्ती विदेश पलायन भएको बताउनुभएको थियो । उहाँले आविस्कार केन्द्रलाई जिवन्त राख्न आफ्नो जिवनी लेखेर विक्री गरेको समेत बताउनु भएको थियो । उहाँले उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठलाई किताव हस्तान्त्रण गर्दै यो पुस्तक पढेर अवका आउनी पुस्ताहरुले देश विकासमा लाग्दै मातृभूमीलाई मायाँ गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघ–चितवनका पूर्व अध्यक्ष देशीराम प्रधान, मित्रराज दवाडी, संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी सुवेदी, उपाध्यक्ष दय राजेन्द्र ओली, अशोक अधिकारी, संघका कार्यसमिति, वस्तुगत संघका अध्यक्ष एवम् पदाधिकारी, संघका पूर्व कार्यसमिति लगायतको उपस्थिति रहेको संघका कार्यक्रम अधिकृत गणेश सुवदीले जानकारी गराउनुभएको थियो ।
उद्योग वाणिज्य संघ–चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रम संघका कार्यकारी निर्देशक निलबहादुर के.सीले सञ्चालन गर्नुभएको थियो ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













