चितवन, साउन ६
भरतपुरको एपेक्स कलेजका १२ मा पढ्ने विद्यार्थीले गुरु पूर्णिमा मनाएका छन् ।
कलेजका कोडिनेटर तुल्सीराम न्यौपानेका अनुसार आज दिउँसो विद्यार्थीहरुले कलेजका सबै गुरुहरुलाई एकै ठाउँमा राखेर केक काटेर सप्राइज दिएका थिए ।
यसरी विद्यार्थीहरुले गरेको माया देखेर सबै गुरुहरु निशब्द भएको उनले बताए ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
 
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













