चितवन, ६ साउन
चितवनमा प्रहरीले चलाएको मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाटोमा हिँडिरहेकि ४२ वर्षिय सुस्मा श्रेष्ठ रहेकी छन् ।
शुक्रबार भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित बाइपास रोडमा विशाल चोकबाट आँपटारी तर्फ गइरहेको ना २१ प १७१५ नम्बरको मोटसाइकलले ठक्कर दिएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको नयाँ मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी हवल्दार सूर्य न्यौपानेले मोटरसाइकल चलाएका हुन् । न्यौपाने र मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













