चितवन, ६ साउन
भरतपुर महानगरपालिका वडा नं-११ बसेनीस्थित भित्री सडक खण्डमा मधेश प्रदेश ०३-०३२ प २५१५ नम्बरको स्कुटरले पैदलयात्रीलाई ठक्कर दिँदा गम्भीर घाइते भएका छन् ।
स्कुटरले गोरखा सुलिकोट गाउँपालिका वडा नं-४ बस्ने ५० वर्षीय अन्नतनारायण विकलाई ठक्कर दिँदा टाउकोमा चोट लागी गम्भीर घाइते भएका हुन् ।
घाइतेको भरतपुरमा उपचार भइरहेको र उपचारमा भरतपुर-२३ बस्ने २८ वर्षीय हिरन विक र घाइतेका छोरी कुमारी सुनार संलग्न रहेको प्रहरीले जनाएको छ ।
                              
                                                            
        
        
        
        
        
        
        
        
        
   
   
   
                                                                                                         
   
                                                               
   
   
   
   
   
   
   
   
                                                      
                                                      
                                                      
 
           
   
   
   
 
           
 
           
 
           
 
           
   
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           
 
           













