चितवन, साउन ५ –
चितवनको बोस्टन इन्टरनेशनल कलेजले ब्याचलर अफ होटेल म्यानेजमेन्ट (बिएचएम) पनि पढाउने भएको छ ।
पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त बोस्टन कलेजले शुक्रबार एक कार्यक्रमकाबीच बिएचएम कोर्स सुरुवात गरेको जानकारी गराएको हो । यसै शैक्षिक सत्रबाट बिएचएममा पनि भर्ना खुलाइने कलेजले जनाएको छ ।
हालसम्म कलेजले बिबिए, बिबिए–फाइनान्स, बिसिएस आइटी र एमबिए पढाउँदै आएको छ । सबै विधामा गोल्ड मेडलिस्टसहितको उत्कृष्ट नजिता बोस्टन कलेजले ल्याउँदै आएको तथ्यांक छ ।
बोस्टन कलेजका अध्यक्ष आनन्दबहादुर चन्दले बोस्टनमा बिएचएमका लागि चाहिने आवश्यक पूर्वाधार तयार पारेर कोर्स सुरु गर्न लागिएको जानकारी दिए । उनले नेपालको हस्पिटालिटी शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुराउने उद्देश्य राखिएको बताए । कलेजमा अध्ययन गर्न आउने विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिँदै बजारमा खोजिएको व्यक्ति निर्माण गर्न कलेज लागिपर्ने उनको भनाइ छ ।