भारत, साउन ५-
भारत घरभित्रै पसेर डम्परले किच्दा सुतिरहेका एकै परिवारका ४ जनाको मृत्यु भएको छ।
लखनउस्थित अयोध्या राजमार्गमा रहेको बीबीडी प्रहरी चौकी क्षेत्रमा शुक्रबार राति घरभित्रै पसेर डम्परले किच्दा एकै परिवारका ४ जनाको मृत्यु भएको हो।
डम्परले किच्दा सुतिरहेका बाराबंकी जैतपुर बस्ने ३५ वर्षीय उमेश टाइल्स, उनका श्रीमती ३२ वर्षीया निलम, छोरा ४ वर्षीय गोलु, र १३ वर्षीय सन्नीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । साथै मृतक महिला ८ महिनाकी गर्भवती रहेको समेत खुलेको छ ।
तर, भारतीय सञ्चारमाध्यमका अनुसार मौराङ बोकेको डम्पर अनियन्त्रित भई राजमार्ग छेउको घरमा पसेर किच्दा ४ जनाको मृतयु भएपनि उमेशकी ७ वर्षीया छोरी वैष्णवीभने बाँच्न सफल भएकी छिन् ।