४ साउन, काठमाडौं
काठमाडौंमा ढल मिसिएको पानीमा पोलियोको परिवर्तित भाइरस (भ्याक्सिन डिराइभ्ड पोलियो भाइरस टाइप ३) देखिएको छ । टुकुचा र वाग्मती मिसिएको खोलाको पानी परीक्षण गर्दा सो भाइरस देखिएको हो ।
स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार २६ मे २०२४ मा संकलन गरिएको नमुनामा भाइरस रहेको पुष्टि भएको हो ।
उपत्यकाको वातावरणमा पोलियो भाइरस देखिएपछि सरकारले पाँच वर्षमुनिका बालबालिकाहरूलाई पुनः पोलियो थोपा खुवाउने योजना बनाएको छ ।
ढलमा पोलियो भाइरस भेटिएपछि ९ १०, ११ र १२ साउनमा काठमाडौं उपत्यकाका ५ वर्षमुनिका बालबालिकालाई पोलियो दिने भ्याक्सिन महाशाखाले जनाएको छ ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार