चितवन, ३ साउन
चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका-२ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् ।
मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए ।
प्रहरीका अनुसार अस्पताल भवनबाट हाम फालेर घाइते भएका मगरको उपचारको क्रममा मृत्यु भएको हो ।
कलेज स्रोतका अनुसार मगर केही दिनदेखि अस्पतालमा क्यान्सरको उपचार गराइरहेका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














