चितवन, ३ साउन
भरतपुर ९ स्थित बोष्टन ईन्टरनेशनल कलेज नयाँ अध्यायको शरुुवात गर्ने योजनामा लागेको छ। कलेजले होटेल ब्यबस्थापनको अध्यापन गराउने उदेश्यले “ब्याचलर अफ होटेल म्यानेजमेन्ट (BHM)” नामको नयाँ कार्यक्रम सरुुवात गर्न लागेको हो ।
बोष्टन कलेजले सन् २०२४ अगस्टदेखि ब्याचलर अफ होटेल म्यानेजमेन्ट कार्यक्रम सुरु गर्ने तयारी गरेको छ। बिएचएम मार्फत कलेजले विद्यार्थीहरूलाई होटल व्यवस्थापन, कार्यक्रम योजना, र खाना तथा पेय व्यवस्थापन लगायत अतिथि सत्कारका विभिन्न भमिूकाहरूको लागि तयार पार्ने लक्ष्य राखेको छ ।
अनुभवी प्राध्यापकहरूबाट प्रशिक्षण दिने तयारी गरेको बोष्टनले नेपाल र विदेशका पाँच तारेहोटलहरुमा रोजगारको ग्यारेन्टी गर्ने लक्ष्य लिएको छ । चीन, दबईु ,कतार, बहराइन, युरोप, अमेरिका, र अष्ट्रेलिया जस्ता देशहरूका प्रतिष्ठित होटलहरुमा विद्यार्थीहरूलाई रोजगार व्यावस्थापन गर्नको लागी होटलहरुसँग समझदारी भइरहेको कलेजका बिएचएम कार्यक्रमका सह-संयोजक बिमल अर्यालले जानकारी दिए । “राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा वत्तिृ विकास गर्न चाहने, घुम्न मन पराउने, आर्थिक रुपमा सफलता हासिल गर्न चाहने, र पर्यटन क्षेत्रमा उद्यम गर्न चाहने विद्यार्थीहरुको लागी यो कार्यक्रम निकै उपयोगी हुनेछ।” अर्यालले भने ।
पर्यटन व्यवसायलाई गति दिन दक्ष्य जनशक्तिको आवश्यकता पर्ने र त्यहि आवश्यकता परिपूर्ति गर्दै पर्यटन क्षेत्रमा दरिलो योगदान दिनका लागि बोष्टन कलेजले बिएचएम कार्यक्रम सरुु गर्न लागेको कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले बताए। कोभिड पछाडी शैक्षिक कार्यक्रमहरु केही प्रभावित बन्न पुगेपनि कलेजको प्रयास जारी रहेको कलेजका एमबिए कार्यक्रम संयोजक जगदीश तिमील्सिनाले जानकारी दिए ।
बिएचएम कार्यक्रमले होटेल व्यवस्थापनमा भविष्य बनाउन चाहने विद्यार्थीहरूका लागि उत्कृष्ट अवसर प्रदान गर्ने कलेजले जनाएको छ । हाल बोष्टन कलेजले एमबीए, बीबीए, बीबीए-फाइनान्स र बीसीएसआईटी पढाउदै आएको छ ।