चितवन, साउन २
नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत भरतपुर-२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा खसेर ज्यान गुमाएका भरतपुर महानगरबासी यात्रुका परिवारलाई महानगरले किरिया खर्च स्वरुप २ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
दाहसंस्कार र क्रियाकर्म गर्दा लाग्ने खर्च स्वरुप दुई लाख रुपैयाँ दिने निर्णय भएको महानगर प्रमुख रेनु दाहालले बताइन् । संघीय सरकारले क्षतिपुर्ती दिने भएपनि महानगरकाे बासिन्दा भएकाे हिसावले उक्त रकम दिने निर्णय गरिएकाे उनले बताइन् ।
गत असार २८ गते विहान सिमलतालबाट बस त्रिशूलीमा बस खस्दा भरतपुर महानगरपालिका वडा नं. २२ पदमपोखरीका २३ वर्षीय सुदिप वि.कको मृत्यु भएको थियो।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्समा विहेको फोटो भिडियो खिच्न काठमाण्डौं जाँदा उनी सिमलतालको पहिरोमा परेका थिए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार