चितवन, २ साउन
चितवनमा गुगल म्याप सर्भे गर्न गएका टोलीको गाडीमा स्थानीयले आगजनी गरेका छन् ।
बुधबार दिउँसो भरतपुर महानगरपालिका वडा नम्बर ७ कृष्णपुर पुगेको आरएच कन्सल्टेन्सीको गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए।
नियन्त्रणमा लिएर उनीहरूले गाडीमा आगजनी गरेको प्रहरीले जनाएको छ । गाडीमा लागेको आगो भरतपुर महानगरपालिकाको दमकलले निभाएको छ । गाडिमा पुर्ण रुपमा क्षति पुगेको छ ।
स्थानीयले बाक्लो बस्ती भएको ठाउँबाट रेलमार्ग बनाउन नहुने भन्दै विरोध जनाउँदै आएका छन्। स्थानीयहरूले संघर्ष समिति नै बनाएर मन्त्रालयसम्म ध्यानाकर्षण समेत गराएका थिए ।
(नोट : यसअघि रेलमार्गको गाडी उल्लेख गरिएकोमा रेलमार्गको गाडी नभएको पाइएपछि उक्त कुरालाई सच्याएर पुनः सम्पादन गरिएको जानकारी गराइन्छ । भुलप्रति पाठकवर्ग र रेल विभागप्रति चितवन आज क्षमायाचना गर्दछ ।)
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार