चितवन, साउन २-
चितवनको माडी नगरपालिका–८ खरकट्टामा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
घाइते हुनेमा सिन्धुली घर भई माडी–८ शिव द्वारस्थित मगर होमस्टेमा काम गर्ने वर्ष ४० को साइला भन्ने मिलन लामा रहेका छन् ।
गैंडाले लामालाई आज बिहान साढे ३ बजे स्थानीय रामचन्द्र ढकालको खेतमा आक्रमण गरेको हो ।
गैंडाको आक्रमणबाट परी घाइते भएका लामाको बघौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।
लामाको छातिको बायाँपट्टि गहिरो चोट लागेको र अवस्था मध्यम रहेको प्रवक्ता रिजालले बताए ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार














