चितवन, २ साउन
चितवनको भरतपुर महानगरपालिका वडा नं–२१, कान्छी चोकमा स्कुटरले कुकुरलाई ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएका छन् ।
कान्छी चोकस्थित ना ५३ प ७४३७ नम्बरको स्कुटरले कुकुरलाई ठक्कर दिई अनियन्त्रित भई पल्टिँदा स्कुटर चालक भरतपुर–१९ बस्ने २८ वर्षीय वसन्त श्रेष्ठ गम्भीर घाइते भएका हुन् ।
घाइतेको नयाँ मेडिकल कलेजमा उपचार भइरहेको र स्कुटर प्रहरी चौकीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














