चितवन, असार ३०-
चितवनको भरतपुर महानगरपालिका –२८ गोलाघाट नजिकै एउटा शव भेटिएको छ। नारायणी नदीको टापुमा एउटा शव भेटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
शब सिमलताल दुर्घटनामा बेपत्ता भएकाको हुनसक्ने अनुमान गरिएको उहाँले बताउनुभयो । अहिले सो ठाउँमा प्रहरीटोली पुगिसकेको छ ।
शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइवटा बसहरु त्रिशूली नदीमा खसेपछि तीन जना यात्रु पौडिएर निस्किएका थिए अरु सबै बेपत्ता भएका थिए ।
दुई बसका ६५ जना यात्रु मध्ये अहिलेसम्म एक भारतीय सहित ३ जनाको शव भेटिएर सनाखत भइसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो ।














