चितवन, २९ असार :
नवलपरासी गैंडाकोट नारायणी नदी किनारमा शनिबार दिउँसो भेटिएका दुईमध्ये एक शव शुक्रबार बिहान चितवन सिमलताल पहिरोमा परेर त्रिशुली नदीमा हराइरहेको बसका यात्रुकै भएको पुष्टि भएको छ ।
सर्लाही बरहथवा नगरपालिका वडा नं. ३ बस्ने काठमाडौबाट गौर जाँदै गरेको बसमा सवार बर्ष १९ को रमित कुशर माझीको शव फेला परेको प्रहरीले बताएको छ ।
शवको निजको बुवा रविन्द्र कुशर माझीले सनाखत गरेका हुन् । गैरीमै फेला परेको अर्को शवको भने सनाखत भएको छैन । यद्यपि उक्त शव पनि बेपत्ता यात्रुकै हुने सक्ने अनुमान छ ।














