चितवन, २९ असार
त्रिशुली रिभरसाइड रिसोर्टको कायक टिम नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा पहिरोले बगाएको भनिएका दुई वटा बस र यात्रुको खोजी तथा उद्दार कार्यका लागि जुटेको छ ।
मलेखु स्थित रिभरसाइड रिसोर्टबाट बेपत्ता बस तथा यात्रुको खोजी कार्यका लागि ५ वटा कायाक सहित ६ गाइडको समूह बस खोजी कार्यका लागि खटिएको छ ।
सिमलताल देखि गाइघाट सम्म नदिको दायाँबायाँ कायकिङ गर्दै खोजी कार्य जारी रहेको रिसोर्ट सन्चालक उद्द्व कँडेलले बताए। र्याफ्टिङ गाइड समेत रहेका उद्दव कँडेलको नेतृत्वमा टोली खटिएको हो ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान करिब ३ बजे लेदोसहितको पहिरोमा दुई यात्रुबाहक बस बग्दा बस र कम्तीमा ४८ यात्रु बेपत्ता भएको बताइएको छ ।















