तनहुँ, असार २९
तनहुँको दमौली-दुम्सीचौर सडक अवरुद्ध भएको छ ।
व्यास नगरपालिका–१० स्थित डिहीगाउँमा शनिबार दिउँसो ट्याङ्कर फसेपछि उक्त सडकखण्ड अवरुद्ध बनेको हो ।
बीच सडकमै ट्याङ्कर फसेपछि सदरमुकाम दमौलीदेखि दुम्सीचौर जाने सडक अवरुद्ध बनेको हो ।
अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।