चितवन, २९ असार
कालिका नगरपालिका वडा नं. ७ मा लायन्स कल्ब अफ कालिका चितवनले उदयपुर सामुदायिक वन उपभोक्ता समूहको परिसरमा रहेको लायन्स पार्कमा सरसफाई तथा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स क्लबले वातवारण संरक्षण तथा सम्वद्र्धन गर्ने हेतूका साथ कार्यक्रम सम्पन्न गरेको हो ।
लायन्स क्लब पार्कमा सरसफाई गर्नुका साथै वातवारणसम्बन्धी चेतना अभिवृद्धि गर्ने कार्यमा समेतमा जुटेको छ ।
सरसफाई तथा वृक्षारोपण कार्यक्रममा अतिथिका रुपमा कृष्णलाल श्रेष्ठ (Distict Additional Cabinet treasurer) र भिम बहादुर नेपाल (Cluster chief cluster No. 2) रहनुभएको थियो । कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष हरी श्रेष्ठले गर्नु भएको थियो ।















