चितवन, २९ असार
भरतपुर महानगरपालिका–२८, गोलाघाटस्थित नारायणी नदीमा एकजना भारतीय नागरिकको शव फेला परेको छ ।
नारायणगढ–मुग्लिन सडकअन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेका दुई बस र यात्रु खोजी गर्ने क्रममा उक्त शव फेला परेको हो ।
चितवन प्रहरीका अनुसार मृतकको साथबाट ऋषी पाल शाह नामको ग्लोबल आइएमई बैंकको एटिएम र भारतीय आधार कार्ड फेला परेको छ ।
पहिचान खुलेको छैन ।भारतीय नागरिक भएको पत्ता लागे पनि घर ठेगाना थाहा नभएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।