२८ असार, चितवन
चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा दुईवटा डिलक्स गाडी हराएको ठाउँमा बसको पर्दा र एउटा ट्राउजर भेटिएको छ ।
बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको प्रहरीले जनाएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस अहिलेसम्म भेटिएका छैनन् ।