चितवन, २८ असार
चितवनको नारायणगढ-मुग्लिन सडक खण्डको पहिरोमा परेर वेपत्ता भएकाहरुको आफन्तलाई निशुल्क खाना बस्नको व्यवस्था गरिएको होटल व्यवसाय संघ चितवनले जनाएको छ ।
आज संघले एक विज्ञप्ति जारि गर्दै चितवनका होटलमा निशुल्क खान बस्नको व्यवस्था गरिएको जनाएको हो ।
होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट (कृष्ण)द्वारा हस्ताक्षित विज्ञप्तिमा वेपत्ता भएका आफन्तको खोजी कार्यको लागि आउँदा खान बस्न समस्या नहोस भन्ने हेतुले बेपत्ताका आफन्तलाई चितवनका विभिन्न होटलमा निशुल्क खान बस्नको व्यवस्था गरिएको उल्लेख छ ।
आज बिहान ३ बजे नारायणगढ–मुग्लिन सडकखण्डको सिमताल भन्ने ठाउमा पहिरो जाँदा दुई बस बेपत्ता भएका छ। काठमाडौँबाट गौर जान आउँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेको अनुमान गरिएको छ। अहिले उक्त स्थानमा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपालि सेना, गोताखोर टोलि सहित सबै उद्दारमा खटिएका छन्।