चितवन, असार २७
पहिरो खसेर नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ ।
आज बिहान ९ः१५ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित झोलुंगे पुल र सिमलतालको बीच सडकमा माथिबाट लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
पहिरो खसेर सडक दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले बताएको छ । सडक डिभिजनसँगको समन्वयमा पहिरो पन्छाउने काम भइरहेको छ ।














