चितवन, असार २६ –
नेकपा एमाले भरतपुर महानगरपालिका वडा नम्बर ९ को ११ औं वार्ड अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट चित्रबहादुर न्यौपानेको नेतृत्वमा २९ सदस्यीय कमिटी सर्वसम्मत चयन भएको छ । कमिटीको उपाध्यक्षमा भरत रानाभाट, सचिवमा किशोर सापकोटा, उपसचिवमा रामराजा सिंह ठकुरी, उपसचिवमा सुमित्रा ढकाल रहेका छन् ।
कार्यक्रममा नेकपा (एमाले) केन्द्रिय कमिटी सदस्य जेएन थपलिया, पार्टी जिल्ला अध्यक्ष कमलराज पाठक, प्रदेश कमिटी सदस्य कृष्ण भुर्तेल, जिल्ला कमिटी उपाध्यक्ष श्याम कुमार विष्ट, सचिव प्रकाश ढुंगाना, वाड ईन्चार्ज विजय विक, महानगर उपाध्यक्ष दिलिप न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।
नव निर्वाचित वार्ड कमिटीलाई आजै सपथ ग्रहण गराइएको छ ।