चितवन, २६ असार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भरतपुर महानगरपालिकाले महानगर स्थापना दिवस मनाएको छ। मंगलबार हाकिम चोकस्थित सचिवालयमा महानगर कमिटीले दोस्रो स्थापना दिवस मनाएको हो।
महानगर स्थापना दिवसमा चियापान, भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको थियो ।
उक्त चियापान कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु, प्रदेश र विभागीय पदाधिकारीहरु, जिल्ला सभापति, क्षेत्रीय पदाधिकारी, चितवनका ७ वटै पालिका र भरतपुरका २९ वटै वडाका पदाधिकारी, सदस्य, शुभचिन्तक लगायतको बाक्लो उपस्थिति रहेको थियो । महानगरभित्रका विभिन्न विभागीय पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो । यसैगरि, अन्य फरक दलका व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो ।
महानगर स्थापना दिवसको अवसरमा सभापति सीता ज्ञवालीले शुभकामना व्यक्त गर्दै पार्टीलाई अझै मजबुत बनाउने बताउनुभयो । सभापति ज्ञवालीले रास्वपाको पहिलो भेला भरतपुर महानगरपालिकाबाट भएकाले असार २५ विशेष रहेको बताउनुभयो ।
तस्बिरमा हेर्नुहोस् महानगरको स्थापना दिवस :


















