चितवन, २४ असार
चितवनको खैरहनीमा बस दुर्घटना भएको छ । खैरहनी नगरपालिका–८ स्थित सडक छेउको कल्भर्टमा गएराति ३ बजे बस ठोक्किँएको हो ।
काकडभिट्टाबाट बाग्लुङ जाँदै गरेको प्र१–०१–००१ ख ४३८० नम्बरको बस दुर्घटनामा परेको हो। उक्त दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय चौधरी मेडिकल र बकुलहर अस्पताल टाँडीमा उपचार भइरहेकाे छ ।
बस चालक झापा अर्जुनधारा गाउँपालिका–११ बस्ने बर्ष ४० को मधुसुदन नेपाललाई इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाबाट बसमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।