चितवन, असार २३
नारायणी नदिको पुलबाट आइतबार बिहान साइकलबाट झरेर हाम फालेका पुरुषको पहिचान खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका १२ का ७३ वर्षीय नारायणबहादुर गुरुङले नदीमा हाम फालेका थिए ।
हाम फालेका व्यक्ती नारायणबहादुर नै रहेको उनका छोरा देब बहादुर गुरुङले पुष्टी गरेको प्रहरीले जनाएको छ ।














