Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
शुक्रबार, माघ ०२, २०८२
☰
Logo शुक्रबार, माघ ०२, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

ब्रिटिस कलेजमाथि मानव तस्करीको आरोप, इन्टर्नसिपको नाममा दुबईमा विद्यार्थी अलपत्र

राष्ट्रिय स्तरीय “Public Speaking Rhetoric” अनलाइन वक्तृत्व प्रतियोगिताको घोषणा

अत्यधिक चिसोपछि तीन दिन विद्यालय बन्द

एक्सपर्ट स्टडी फेस्टमा विद्यार्थीले पाए वैदेशिक अध्ययनको जानकारी

भ्याली स्टेट कलेजमा वित्तीय साक्षरता तथा आईटी सचेतना कार्यक्रम आयोजना हुँदै

लक्ष्मीवैकुण्ठनाथ मन्दिर एवम् गुरुकुलको साधारण सभा तथा अधिवेशन सम्पन्न

लोकप्रिय समाचार

  • १. हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • २. कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३. युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ४. चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५. त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६. चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

  • ७. इरानमा सरकारविरोधी आन्दोलन चर्कियो : सडकमा राजतन्त्रको नारा, खामेनीले भने- विदेशी षड्यन्त्र

  • ८. नवलपुरतर्फबाट पवित्र तीर्थस्थल देवघाट पुग्नेगरी सडक निर्माण

  • ९. माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै

  • १०. काठमाडौँको तापक्रम २.४ डिग्रीमा झर्यो, अन्य तीन ठाउँमा माइनसमा तापक्रम

स्थानीय निर्वाचन : चितवनमा गठबन्धनलाई एमाले एक्लै भारी

कुलप्रसाद काफ्ले
चितवन, १२ जेठ-

यस पटकको स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धन र नेकपा (एमाले)बीच प्रतिस्पर्धा भयो । केही पालिकामा एमालेले राप्रपालगायतका साना दलसँग तालमेल गरेपनि मतपरिणाम एमालेको लागि सुखद भएन ।

चितवनका दुई पालिकाको प्रमुख र उपप्रमुखमा एमालेले राप्रपासँग तालमेल गरेको थियो । तालमेल गर्दा पनि भरतपुर महानगरपालिकामा एमाले भारी मतान्तरले पराजित भयो ।

सत्तारुढ दलको केन्द्रीय निर्देशनअनुसार जिल्लामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी)लगायत पाँच दलबीच गठबन्धन भएको थियो ।

एमाले र राप्रपाबीचको तालमेल भने प्रभावकारी देखिएन । यद्यपि, जिल्लाको समग्र चुनावी नतिजालाई विश्लेषण गर्दा पाँच दलीय गठबन्धनका दललाई एमाले एक्लै भारी परेको देखिन्छ ।

जिल्ला समन्वय समिति (जिसस)को प्रमुख र उपप्रमुख जित्न चाहिने मत गठबन्धन र एमाले दुवै पक्षलाई पुग्दैन । जिसस प्रमुख र उपप्रमुखको निर्वाचनमा पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्षले भोट हाल्छन् । एमाले र गठबन्धनसँग समान सात भोट छ । जिससको निर्वाचनमा गोलाप्रथा हुने पक्का भएको छ ।

वडा सदस्यसहितको पदमा निर्वाचित जनप्रतिनिधिको संख्या हेर्ने हो भने एमाले अहिले पनि पहिलो शक्तिका रुपमा देखिन्छ । जिल्लाको सात पालिकाका ९८ वडामा ५०४ जना जनप्रतिनिधि निर्वाचित भएका छन् । तीमध्ये २४२ जना एमालेले उमेदवार उठाएका जनप्रतिनिधि हुन् ।

कांग्रेसले उठाएका २०३ जना उमेदवार निर्वाचित भए भने माओवादी केन्द्रका ३६, राप्रपाका ११, समाजवादीका नौ र स्वतन्त्र उठेका तीन उमेदवार निर्वाचित भएका हुन् ।

दलगत रुपमा हेर्दा एमाले एक्लैले धेरै पालिका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष जितेको छ । वडा अध्यक्ष भने धेरै गुमाएको छ ।

अघिल्लो पटक चार प्रमुख र पाँच उपप्रमुख जितेको एमालेले अहिले तीन प्रमुख/अध्यक्ष र चार उपप्रमुख/उपाध्यक्ष जितेको छ । ५७ वडा जितेकोमा अहिले ३६ वडामा चित्त बुझाउनु परेको छ ।

एमालेले माडी नगरपालिका प्रमुख, कालिका नगरपालिका प्रमुख र उपप्रमुख, इच्छाकामना गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, खैरहनी नगरपालिका उपप्रमुख र रत्ननगर नगरपालिका उपप्रमुख जितेको हो ।

भरतपुरका ६, रत्ननगरका पाँच, खैरहनीका सात, राप्तीका आठ, कालिकाका चार, इच्छाकामनाका पाँच र माडीको एक गरी ३६ वडा जितेको छ ।

कांग्रेसले अघिल्लो चुनावमा एक पालिका अध्यक्ष, दुई उपप्रमुख/उपाध्यक्ष र ३५ वडा जितेको थियो । गठबन्धन गरेपछि यस पटक दुई प्रमुख, तीन उपप्रमुख र ४० वडा जितेको छ । गठबन्धनबाट धेरै फाइदा लिने दलमा कांग्रेस पहिलो नम्बरमा पर्दछ ।

खैरहनी र रत्ननगरको प्रमुख र भरतपुर, राप्ती र माडीको उपप्रमुख कांग्रेसले जितेको हो । कांग्रेसले भरतपुरको १६, रत्ननगरको नौ, खैरहनीको छ, राप्तीको तीन, कालिकाको पाँच र इच्छाकानाको एउटा वडा जितेको छ ।

अघिल्लो पटक दुई प्रमुख जितेको माओवादी केन्द्रले गठबन्धनको सहारामा भरतपुरको एउटा प्रमुख मात्र जित्न सफल भयो । माडीमा एमालेले राप्रपासँग तालमेल गर्दै लोकप्रिय नेता उठाउँदा पार्टीभित्रै अन्तरघात भएपछि माओवादीले प्रमुख पद जित्न सकेन ।

माओवादीले पाएको कालिका, खैरहनी उपप्रमुख र इच्छाकामना उपाध्यक्ष पनि जित्न सकेन । अघिल्लो पटक छ वडा जितेकोमा यस पटक भने ११ वडा जित्न सफल भएको छ ।

माओवादीले भरतपुरको तीन वडा जितेको छ । गठबन्धनकै सहारामा यस पटक माओवादी केन्द्र पूर्वी चितवनका पालिकामा पसेको छ ।

अघिल्लो निर्वाचनमा एउटा वडा सदस्य पनि नजितेको माओवादीले यस पटक कालिकाका दुई र रत्ननगरको एक वडा जितेको छ । रत्ननगर, कालिका र राप्तीको गरी आठ वडा सदस्य जितेको छ ।

एमाले विभाजनपछि बनेको एकिकृत समाजवादीले गठबन्धनबाट राम्रो फाइदा लिएको छ । समाजवादीले राप्तीको प्रमुख जित्न सफल भयो भने भरतपुर, माडी र राप्तीका गरि छ वडा पनि आफ्नो पक्षमा पार्‍यो । एमाले र कांग्रेसबाट बागी उमेदवारी दिएका तीन जनाले यस वडा अध्यक्ष पद जित्न सफल भएका छन् ।

यस पटक राप्रपाले माडीमा आफ्नो शक्ति बढाएको छ । आन्तरिक रुपमा संगठनलाई बलियो बनाउँदै लगेको राप्रपाले यस पटक माडीका दुई वडा र पाँच सदस्य जित्यो । अघिल्लो पटक राप्रपाले जिल्ला भरका एउटा वडा पनि जित्न सकेको थिएन ।-न्युज कारखाना

 

Chitwan Aaja चितवन आज
बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली
भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति
आज २५ हजार दर्शकले गरे गैँडाकोट महोत्सवको अवलोकन

ताजा समाचार

सबै

चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

भरतपुरको नयाँ भवन निर्माण सम्पन्न नहुँदै रेनुले उद्‌घाटन गर्न खोजेको भन्दै रास्वपाको आपत्ति

भजन प्रतियोगितामा कैलाश संन्यास आश्रम पहिलो

आज २५ हजार दर्शकले गरे गैँडाकोट महोत्सवको अवलोकन

आठौं एग्रिटेक एक्स्पो भोलि माघ २ गतेदेखि, कृषिमन्त्री पौडेलबाट उद्दघाटन हुँदै

रत्ननगर महोत्सव : एकैदिन ४५ हजार बढीले गरे अबलोकन

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

झापामा बालेनका लागि खोजियो घर

४ माघमा एमालेले काठमाडौंमा चुनावी सभा गर्ने

जेनजी मुभमेन्टले भन्यो : रविलाई उन्मुक्ति दिनु आपत्तिजनक

सवारी दुर्घटनामा बालकको मृत्यु, १२ जना घाइते

माघेसङ्क्रान्ति मेला भर्न पवित्रतीर्थस्थल देवघाटमा बिहानैदेखि भक्तजन भीड

चितवनको सडकमा छाडिएको कुकुर अमेरिका पुगेपछि

आज बिहिबार यी राशिहरूका लागि शुभ हेर्नुहोस् राशिफल

नारायणी एक्सपो २०८२ बुधबारदेखि सुरु

अझै घट्यो काठमाडौँको तापक्रम

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

लियो क्लब अफ नारायणगढ दियालोद्वारा लमजुङ्गका ४० जना विद्यार्थीलाई कपडा वितरण

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    हेर्नुस आज मिति २०८२ पौष २६ गते शनिबारको राशीफल

  • २.
    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

  • ३.
    युवा विद्यार्थीमा राजनीतिक चेतनाको विकासका लागि अनेरास्ववियु चितवनको संगठन विस्तार अभियान सुरु

  • ४.
    चितवनका युवा व्यवसयी निर्देश सेढाई पक्राउ,प्रदर्शन गर्न अनधिकृत मेसेज पठाएको आरोप

  • ५.
    त्रिशुली नदी किनारमा भेटिएको बस डेढ वर्ष अघि दुर्घटनामा परेको गणपति डिलक्स रहेको पुष्टि

  • ६.
    चन्दा आतंकले धार्मिक मर्म र मौलिक संस्कृति माथि प्रहार: पराजुली

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.