चितवन, १९ असार
चितवनमा बिजुलीको काम गर्ने क्रममा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर–१४ का ५५ वर्षीय बलबहादुर गुरुङ रहेका छन् ।
गुरुङ मंगलवार दिउँसो ११ः५० बजे आफ्नै अफिसको भवनमा बिजुलीको काम गर्ने क्रममा दुई तलामाथिबाट खसेका थिए ।
दुई तलामाथिबाट खस्दा गम्भिर घाइते भएका गुरुङको उपचारको क्रममा बकुलटर टाँडी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।














