चितवन, १८ असार
चितवनमा ४ जीपीए ल्याएका तीन जना विद्यार्थीहरुले नारायणी पब्लिक ईङ्लिस स्कुल रोजेका छन् ।
नारायणी पब्लिक ईङ्लिस स्कुलबाट एसइइ पास गरेका २ जना र चितवन माविबाट १ जना गरि ३ जना विद्यार्थीहरु नारायणी पब्लिक कलेज पढ्ने भएका हुन् ।
उनीहरुले कक्षा ११ मा विज्ञान विषयमा अध्ययन गर्न लागेको कलेजले जनाएको छ । राम्रो जिपीएसहित एसइइ पास गरेका विद्यार्थीहरुलाई कलेजले निःशुल्क रुपमा अध्ययनको व्यवस्था मिलाएको विद्यालयका प्राचार्य वेदराज न्यौपाने बताउनु भयो ।
भरतपुर महानगरपालिका वडा नं. ११ मा अवस्थित नारायणी पब्लिक ईङ्लिस स्कुलमा साइन्स, म्यानेजमेन्ट र कानून विषयमा अध्ययनका लागि भर्ना प्रकृया सुरु गरिएको विद्यालयले जनाएको छ ।